Government hub
Government News & Updates
A live feed of official government updates and agency notices from nepal.gov.np — filter by recency, exact date, or department.
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बिमा सेवा सहजीकरण गर्ने स्वास्थ्य बिमा बोर्डको निर्णय
APPROVEDस्वास्थ्य बिमा बोर्डले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण अति प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष व्यवस्था लागू गरेको छ। बाढीबाट प्रभावित ती जिल्लाहरूमा स्वास्थ्य बिमा अन्तर्गत प्रदान गरिने सेवाहरूमा तोकिएको समयावधिसम्मका लागि सहभुक्तानी र क्यापिङ पूरै हटाउने निर्णय गरेको हो । सहभुक्तानी र क्यापिङ हटाइयो: तोकिएको समयसम्म बीमा मार्फत उपचार गराउँदा बिरामीले तिर्नुपर्ने सहभुक्तानी (को–पेमेन्ट) रकम लाग्ने छैन। साथै, निश्चित सेवा वा उपचारका लागि बोर्डले तोकेको अधिकतम रकमको सीमा (क्यापिङ) समेत पूर्ण रूपमा हटाइएको छ। बिमा परिचयपत्र अनिवार्य नहुने: विपद्का कारण बिमा परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा पनि सेवाबाट वञ्चित हुनुपर्ने छैन। सूचीकृत स्वास्थ्य संस्थाले उपलब्ध गराइएको डिजिटल प्रणालीमार्फत बिमा नम्बर यकिन गरी सेवा प्रदान गर्नेछन्। सेवा प्रवाहमा प्राथमिकता: प्रभावित क्षेत्रका सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई बिमित नागरिकलाई बिना कुनै झन्झट द्रुत गतिमा उपचार सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ। प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढी प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचबाट टाढा हुन नदिन र आर्थिक भार कम गर्न यो निर्णय गरिएको हो। यस व्यवस्थाले रसुवा, नुवाकोट र धादिङका बाढी पीडित नागरिकलाई राहत पुग्ने विश्वास छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:13 PM
भोटेकोशी बाढी: १,३५६ शव फेला, ४,९९४ जना अझै बेपत्ता
APPROVEDभोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेमध्ये हालसम्म १,३५६ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार देशका विभिन्न जिल्लाबाट उक्त संख्यामा शवहरू बरामद गरिएका हुन्। प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्त तथा परिवारलाई बुझाइएको छ। बाँकी शवहरूको सनाखत गर्ने कार्य जारी छ। जिल्लागत रूपमा फेला परेका शवको विवरण: चितवन: ३६३ नवलपरासी (पूर्व): २२३ नवलपरासी (पश्चिम): २२१ नुवाकोट: १९७ रसुवा: १६९ गोरखा: ७५ धादिङ: ७० तनहुँ: ३८ करिब पाँच हजार अझै बेपत्ता बाढी आएपछि अझै पनि करिब ४,९९४ जना सर्वसाधारण सम्पर्कविहीन रहेका छन्। बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ। उद्धार तथा उपचारको अवस्था विपद्पश्चात् हालसम्म १३,३९६ जनाको सकुशल उद्धार गरिएको छ भने कुल ६,६७६ जना घाइतेको उपचार भइसकेको छ। अहिले विभिन्न १० वटा अस्पतालमा ३२७ जना घाइतेहरू उपचाररत छन्। यसैगरी, प्रभावितहरूका लागि सञ्चालनमा ल्याइएका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३,५३३ जनाले आश्रय लिइरहेका छन्। जसमध्ये नुवाकोटमा २,६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्। २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरण कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २१,४०२ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्। क्षेत्रमा उद्धार कार्य निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:06 PM
बाढी प्रभावितको संरक्षणमा विशेष पहल : आश्रयविहीन महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित अस्थायी बसोबास
APPROVEDभदौ १० गते रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा आश्रयविहीन नागरिकका लागि सुरक्षित अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विशेष पहल अघि बढाएको छ। बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता र संवेदनशीलताअनुसार छुट्टाछुट्टै स्थानमा अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकका लागि समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति, काठमाडौं 📞 ९८४१४६०८४६, ९८४९६०७१०२ महिलाका लागि समाज कल्याण परिषद्को भवन, बुढानीलकण्ठ, काठमाडौं 📞 ९८४१६१४५८६ बालबालिकाका लागि गोदावरी–२, ठेचो, ललितपुर 📞 ९८४३०२१४७१, ९८४१३८६८७१ अपाङ्गता भएका व्यक्तिका लागि 📞 ९८६००९७८९९ मन्त्रालयले बाढीका कारण आश्रयविहीन तथा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक संरक्षण उपलब्ध गराउने र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। सम्बन्धित संघ–संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी प्रभावित नागरिकको सुरक्षा, संरक्षण र सुरक्षित अस्थायी बसोबास सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
Ministry of Women, Children, Gender and Sexual Minorities and Social SecuritySep 7, 2026, 01:22 PM1 attachments
रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ २२ गते, साँझ ६:०० बजे)
APPROVEDरसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ २२ गते, साँझ ६:०० बजे)
Ministry of Home AffairsSep 7, 2026, 12:39 PM1 attachments
सामाजिक सञ्जाल नियमनको लागि समिति गठन गरिएको
APPROVEDबाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रण गर्न एवम् त्यस्ता प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्ने तथा सो कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी कानुनी कारबाही गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।
Ministry of Home AffairsSep 7, 2026, 11:52 AM
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी प्रेस विज्ञप्ति (२०८३/०५/२२)
APPROVEDदशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी प्रेस विज्ञप्ति (२०८३/०५/२२)
Ministry of Education and SportsSep 7, 2026, 11:05 AM1 attachments
EDUCATIONSPORTराहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह
APPROVEDकाठमाडौं, २२ भदौ। समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। परिषद्ले भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोग भइरहेको जनाएको छ। राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको छ। त्यसैगरी, पीडितको अनुमति बिना व्यक्तिगत फोटो, भिडियो तथा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत वा प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न पनि परिषद्ले सामाजिक संघसंस्था लगायत सबै पक्षलाई आग्रह गरेको छ। परिषद्ले विपद्का समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैमा अनुरोध गरेको हो। परिषद्को वेबसाइटमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी आवश्यक सूचना प्रकाशित गरिएको छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 09:53 AM1 attachments
श्रद्धाञ्जली अर्पण तथा शोक मनाउने सम्बन्धि सूचना
APPROVEDनेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३।०५।१८ गतेको बैठकबाट संवत् २०८३ साल भदौ १० गते नेपाल-चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप उक्त घटना भएको तेह्रौ दिनको पुण्यतिथिका दिन मिति २०८३ भदौ २२ गते राष्ट्रिय शोक मनाउने समेतको निर्णय भए अनुसार नेपाल विद्युत प्राधिकरणका सम्पूर्ण कार्यालयहरुमा आज मिति २०८३ भदौ २२ गते सोमबार अपरान्ह ५:१० बजे मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण, दीप प्रज्वलन तथा मृत आत्माको चीर शान्तिको कामना गर्ने निर्णय भएको हुँदा सबै कार्यालयहरुले सो अनुसार गर्नु गराउनु हुन र सबै कर्मचारीहरु सहभागी भईदिन हुन समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति: २०८३।०५।२२
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 07:37 AM
रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट भदौ २२ बिहान ११:०० बजे
APPROVEDरसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ २२ गते, बिहान ११:०० बजे)
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 06:00 AM1 attachments
हनुमन्ते खोलामा जलसतहले नाघ्यो खतराको तह, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
APPROVEDउपत्यकामा जारी अविरल वर्षाका कारण भक्तपुरस्थित हनुमन्ते खोलामा पानीको बहाव अत्यधिक बढेर खतराको विन्दु पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान २:५० बजे जगाती जलमापन केन्द्रमा सङ्कलन गरिएको विवरणमा हनुमन्ते खोलाको जलसतहले खतराको तह नाघेको पुष्टि भएको हो। खोलामा जलसतह खतराको विन्दुभन्दा माथि पुगेसँगै तल्लो तटीय क्षेत्र तथा जलसतह बढेका बेला नियमित रूपमा डुबानमा पर्ने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी जगाती, राधेराधे, मनेहरा, र आसपासका नदी किनारका बस्तीहरूमा बाढी पस्न सक्ने जोखिम उच्च रहेकाले सुरक्षित स्थानतर्फ सचेत रहन सूचित गरिएको छ। काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरूमा बाढीको स्थिति निरन्तर अवलोकनका लागि जल तथा मौसम विज्ञान विभागले विभिन्न स्थानका जलमापन केन्द्रहरूबाट २४ सै घण्टा विवरण सङ्कलन गरिरहेको छ। खोलामा बहाव अझै तीव्र गतिमा भइरहेकाले खोला किनारमा नजान, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र स्थानीय प्रशासन तथा बाढी पूर्वानुमान महाशाखाले जारी गर्ने सूचनाहरू नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 03:56 AM
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि आंशिक बन्दः यस्तो छ सवारी खुल्ने समयतालिका
APPROVEDतुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकखण्ड आज (सोमबार) बिहानदेखि आंशिक रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले आइतबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा सवारी आवागमनको नयाँ समयतालिका सार्वजनिक गरेको हो। प्रशासनका अनुसार, पहिरो नियन्त्रणको कामलाई तीव्रता दिन बाँकी समय सडक बन्द गरी निश्चित समयमा मात्र गाडी चल्न दिइनेछ। सवारीसाधन सञ्चालन हुने समयतालिका: बिहान ८:०० देखि ८:३० बजेसम्म बिहान १०:३० देखि ११:०० बजेसम्म दिउँसो १:०० देखि १:३० बजेसम्म दिउँसो ३:५० देखि ४:०० बजेसम्म साँझ ६:०० बजेपछि निरन्तर यी तोकिएका समयबाहेक अन्य समयमा उक्त स्थानमा सवारीसाधन पूर्ण रूपमा रोकेर मर्मत कार्य गरिने प्रशासनले प्रष्ट पारेको छ। धादिङस्थित कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन पूर्ण रूपमा सञ्चालन नहुञ्जेलसम्म यो समयतालिका निरन्तर लागू हुने जारी सूचनामा उल्लेख छ। सडकमा हुने सम्भावित जाम र सास्तीबाट बच्न यात्रु तथा चालकलाई तोकिएको खुल्ने समयलाई ध्यानमा राखेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:13 AM1 attachments
रसुवा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
APPROVEDरसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सोमबार देशभर राष्ट्रिय शोक मनाइँदैछ। गत भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। शोकको अवसरमा आज देशैभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्राधिकरणले आइतबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार ज्यान गुमाएकामध्ये ९८ जनाको मात्र पहिचान (सनाखत) हुन सकेको छ। यसैगरी, बाढीमा परी ४ हजार ८ सय ९६ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:09 AM
देशका धेरै स्थानमा आज भारी वर्षाको सम्भावना: कोसी, बागमती र गण्डकीमा थप सतर्कता अपनाउन आग्रह
APPROVEDआज भदौ २२ गते देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको तुलनामा दिउँसो धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा (Monsoon Trough) सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले वर्षाको गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोको मौसम पूर्वानुमान दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थान र पहाडी क्षेत्रका धेरैजसो स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। भारी वर्षा हुने क्षेत्र: कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग कर्णाली प्रदेशको पहाडी भूभाग लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थान मध्यम वर्षा हुने क्षेत्र: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थान रातिको मौसम अवस्था रातिको समयमा पनि देशभर साधारणतया बदली नै रहनेछ। कोसी प्रदेश: पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिमाली क्षेत्र: कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्छ। पहाडी तथा तराई क्षेत्र: देशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सतर्कताका लागि अनुरोध पहाडी तथा हिमाली भूभागमा पहिरो, गेग्रान बहाव (debris flow) को जोखिम रहने र नदीनालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।
Office of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:04 AM
रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #12
APPROVEDरसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्। मिति: २१ भाद्र २०८३ (6 सेप्टेम्बर २०२६) Situation Report #१२
Ministry of Health and Food SafetySep 6, 2026, 05:01 PM1 attachments
विपद्को घडीमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीप्रति नेपाल सरकार सदैव कृतज्ञ रहनेछ : प्रधानमन्त्री बालेन्द्र शाह
APPROVEDप्रधानमन्त्री वालेन्द्र शाहले बाढी तथा प्राकृतिक विपद्को समयमा आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धार, खोजी र सुरक्षामा अहोरात्र खटिनुहुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्नुभएको छ। राष्ट्रसेवक सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले नुवाकोट जिल्लाको विदुर नगरपालिका-६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी पसेको विषम परिस्थितिमा सुरक्षाकर्मीहरूले प्रदर्शन गर्नुभएको साहसलाई अत्यन्तै उदाहरणीय कार्यको रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले अवगत गराउनुभएअनुसार, कारागारमा रहेका ९२३ जना कैदीबन्दीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीहरूले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुर्याउनुका साथै परिसरमा लेदो पसेको जोखिमपूर्ण अवस्थामा समेत सुरक्षाकर्मीहरूले कैदीबन्दीहरूलाई माथिल्लो भवनमा सुरक्षित रूपमा सार्न सफल हुनुभएको थियो। विपद्को मौका छोपी पर्खाल र गेट तोडेर करिब १०० मिटर टाढासम्म भागेका ५० जना कैदीबन्दीहरूलाई समेत सुरक्षाकर्मीहरूले तत्परताका साथ पुनः नियन्त्रणमा लिन सफल हुनुभएको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले गराउनुभएको छ। कैदीबन्दीहरूको आक्रमणबाट केही सुरक्षाकर्मीहरू घाइते हुनुभए तापनि उहाँहरूले आफ्नो कर्तव्यबाट विमुख नभई आसपासका स्थानीय बासिन्दाहरूको ज्यानसमेत सुरक्षित गर्नुभएको विषयलाई उहाँले विशेष रूपमा उल्लेख गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले सुरक्षा निकायका आफ्नै ब्यारेक र कार्यालयहरू लेदोमा पुरिएको, पहुँचमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएको तथा खानेपानीको चरम समस्या रहेको कठिन अवस्थामा समेत सम्पूर्ण सुरक्षाकर्मीहरू उच्च मनोबलका साथ आफ्नो कर्तव्य पालनमा दत्तचित्त भएर खटिरहनुभएको बताउनुभएको छ। उहाँका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जना नागरिकको सकुशल उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकोप्टर तथा कतिपय दुर्गम स्थानहरूमा घाइतेहरूलाई काँधमा बोकेर समेत अस्पतालसम्म पुर्याउने कार्य भएको उहाँले प्रस्ट पार्नुभएको छ। यस विपद्का कारण ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी र १२ जना सशस्त्र प्रहरीका होनहार जवानहरू अझै सम्पर्कविहीन रहनुभएको दुःखद जानकारी दिनुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्ना सहकर्मी गुमाउनुको अकल्पनीय पीडाका बाबजुद पनि समग्र सुरक्षाकर्मीहरू खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहनुभएको यथार्थ चित्रण गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले उपलब्ध गराउनुभएको तथ्यांकअनुसार हाल बाढी प्रभावित क्षेत्रहरूमा ९ हजार २८७ जना नेपाली सेना, ७ हजार ९७५ जना नेपाल प्रहरी र ४ हजार २०३ जना सशस्त्र प्रहरी बलका जनशक्ति परिचालन हुनुभएको छ। नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टार र रसुवाको धुन्चेबाट फरवार्ड हेडक्वार्टर, मेडिकल टिम तथा एयर बेस सञ्चालन गरी उद्धार कार्यलाई थप तीव्रता दिएको छ। साथै, सेनाद्वारा अवरुद्ध बाटो खुलाउने तथा बेलिब्रिज र एक्रो ब्रिज निर्माणका कार्यहरूसमेत सञ्चालन भइरहेको उहाँले बताउनुभएको छ। नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, घाइतेको उद्धार र समग्र शान्ति सुरक्षा कायम गर्ने कार्यमा अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उहाँले बताउनुभएको छ। यसका निम्ति तालिमप्राप्त कुकुरसहितको टोलीसमेत खोज तथा उद्धारमा परिचालन गरिएको छ। यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले विशेष तालिमप्राप्त गोताखोर, डोरी उद्धार टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी अत्यन्त जोखिमपूर्ण क्षेत्रहरूमा समेत खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले गराउनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसकै कारण यस गम्भीर संकटको समयमा पनि लाखौँ नागरिकले आफूलाई सुरक्षित महसुस गर्न सकेको धारणा व्यक्त गर्नुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने प्रत्येक सुरक्षाकर्मीको अतुलनीय योगदानको नेपाल सरकारले उच्च कदर गर्ने र उहाँहरूको सेवा, सुरक्षा तथा सुविधाको हकमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने दृढ प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। यस विषम परिस्थितिमा सुरक्षाकर्मीहरूलाई आफ्नो राष्ट्रिय कर्तव्यमा समर्पित हुन सदैव प्रेरित गर्नुहुने उहाँहरूका परिवारजनप्रति पनि सम्माननीय प्रधानमन्त्रीज्यूले गहिरो आभार प्रकट गर्नुभएको छ। संकट व्यवस्थापनमा सुरक्षाकर्मीहरूसँगै काँधमा काँध मिलाई खटिनुहुने स्वदेश तथा विदेशका सम्पूर्ण विज्ञहरूलाई धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले भन्नुभएको छ, "आदरणीय राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू, तपाईंहरूको यस निस्वार्थ सेवा र समर्पणप्रति नेपाल सरकार र हामी सम्पूर्ण नेपाली नागरिक सधैँ कृतज्ञ रहनेछौँ।"
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 03:59 PM
Death Toll Reaches 1,353 in Rasuwa Bhotekoshi Floods, Nearly 4,000 Missing
APPROVEDThe death toll from the severe flooding along the Bhotekoshi River in Rasuwa district has risen to 1,353, according to official updates from Nepal Police. Search and recovery operations have led to the retrieval of 530 male bodies and 328 female bodies from the flood-affected areas. In addition to intact bodies, rescue teams have recovered partial remains belonging to 495 individuals. Authorities confirmed that 1,044 unidentified bodies have been buried in designated grounds following forensic documentation. Meanwhile, a total of 3,992 individuals—comprising both Nepali citizens and foreign nationals—remain officially reported as missing as search efforts continue across the region.
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 03:53 PM
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट मिति: २०८३ भदौ २१ गते
APPROVEDबाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको उद्धार, संरक्षण, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा राहत परिचालनलाई प्रभावकारी बनाउन सरकारले प्रतिकार्यका कामलाई थप तीव्र र समन्वित बनाएको छ। जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको संरक्षण तथा उद्धारलाई विशेष प्राथमिकतामा राखिएको छ। Protection Cluster अन्तर्गत मनोसामाजिक कार्यदलको बैठक बसेर रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको मनोसामाजिक प्राथमिक सहायता सेवाको समीक्षा गरिएको छ। प्रभावित क्षेत्रमा सेवा दोहोरोपना हुन नदिने गरी मनोसामाजिक परामर्शदाता परिचालन, रेफरल प्रणालीका लागि परामर्शदाताको सूची अद्यावधिक तथा सेवा प्रदायक संस्थाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पोर्टलमा 5W विवरण नियमित अद्यावधिक गर्ने निर्णय गरिएको छ। हाल पोर्टलमा अद्यावधिक विवरणअनुसार ६१ जना मनोसामाजिक परामर्शदाताले प्रभावित क्षेत्रमा सेवा प्रदान गरिरहेका छन्। यसैबीच, भोटेकोशी बाढी प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि संरक्षण केन्द्रको पूर्वाधार व्यवस्थापन तथा तयारीलाई तीव्रता दिइएको छ। राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउटलगायत सरोकारवाला निकायबीच बैठक गरी संस्थागत जिम्मेवारी र समयसीमा पुनरावलोकन गरिएको छ। गोदावरी नगरपालिकाबाट जनशक्ति परिचालन गरी संरक्षण केन्द्रको सरसफाइ तथा रङरोगनको काम अघि बढाइएको छ। स्थल व्यवस्थापनका लागि JCB तथा प्राविधिक सहयोग माग गरिएको छ भने नेपाल प्रहरीले केन्द्रमा २४ घण्टे सुरक्षा व्यवस्था मिलाएको छ। नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटले संरक्षण केन्द्र निर्माण तथा मर्मतका लागि स्वयंसेवक परिचालन गर्ने भएका छन्। विपद् प्रभावित ज्येष्ठ नागरिकका लागि नुवाकोटमा विशेषज्ञ स्वास्थ्य सेवासहित निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ। विदुर नगरपालिका–३, सिटखालीमा आयोजित शिविरबाट २०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसमध्ये १०१ जना ज्येष्ठ नागरिक रहेका छन्। शिविरमा ज्येष्ठ नागरिक स्वास्थ्य, हाडजोर्नी, मुटुरोग, दन्त तथा अन्य स्वास्थ्य सेवा, औषधि वितरण, रक्तचाप तथा रक्तमा चिनी परीक्षणलगायत सेवा प्रदान गरिएको थियो। ६० जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्शसमेत दिइएको छ। सरकारले ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको हवाई उद्धारलाई समेत निरन्तरता दिएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका–३ की २९ वर्षीया फुर्पु यामो तामाङले गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति गृहमा ल्याइएको छ। सडक सञ्जाल अवरुद्ध भएको विशेष परिस्थितिमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा २४ घण्टाभित्रका नवजात शिशुलाई सुगम भौगोलिक क्षेत्रबाट समेत हवाई उद्धार गरी सुविधासम्पन्न अस्पताल पुर्याउन सकिने व्यवस्थाअनुसार यस्तो उद्धारलाई प्रभावकारी बनाइएको हो। विपद् प्रभावित क्षेत्रमा गैरसरकारी संस्थामार्फत राहत तथा अन्य मानवीय सहयोग परिचालनलाई पनि सरकारले एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिरहेको छ। समाज कल्याण परिषद्बाट प्राप्त विवरणअनुसार भदौ २१ गते थप ६ वटा परियोजना स्वीकृत भएका छन्। भदौ १५ देखि २१ गतेसम्म ४७ वटा संस्थाका ५० वटा नयाँ परियोजना तथा दुईवटा संस्थाका परियोजना संशोधन गरी कुल ४० करोड ५७ लाख ९१ हजार ४३४ रुपैयाँ बराबरका परियोजना विपद् प्रभावित क्षेत्रमा सञ्चालनका लागि स्वीकृत भएका छन्। राहत परिचालनतर्फ हालसम्म ४१ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ३६ करोड ४८ लाख ६० हजार ७७७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्। ती संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा ३ करोड ९९ लाख ९० हजार ५७७ रुपैयाँ नगदसमेत जम्मा गरेका छन्। त्यस्तै, २१ वटा राष्ट्रिय गैरसरकारी संस्थाले हालसम्म १२ करोड ८६ लाख ३४ हजार ४०० रुपैयाँ बराबरको सहयोग परिचालन गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ६५ लाख ७१ हजार ४२५ रुपैयाँ नगद सहयोगसमेत जम्मा भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त राहत सामग्रीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा स्वास्थ्य निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले विपद्को समयमा सबैभन्दा बढी जोखिममा रहेका नागरिकको सुरक्षा र संरक्षणलाई राज्यको पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ। मन्त्री बादीले विपद् प्रतिकार्यलाई राहत वितरणमा मात्र सीमित नराखी उद्धार, संरक्षण, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, सुरक्षित आश्रय, सेवा पुनःस्थापना र दीर्घकालीन पुनर्स्थापनालाई एउटै समन्वित प्रतिकार्य प्रणालीअन्तर्गत अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। प्रभावित नागरिकलाई संकटबाट सुरक्षित रूपमा बाहिर निकाल्दै सम्मानजनक र सुरक्षित जीवनतर्फ फर्काउने गरी सरकारको प्रतिकार्यलाई थप प्रभावकारी बनाइने उहाँले स्पष्ट पार्नुभएको छ।
Ministry of Women, Children, Gender and Sexual Minorities and Social SecuritySep 6, 2026, 02:55 PM1 attachments
रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट
APPROVEDरसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ २१ गते, साँझ ६:०० बजे)
Ministry of Home AffairsSep 6, 2026, 01:24 PM1 attachments
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै
APPROVEDगोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा तत्काल राहत पठाउन पहल गर्नुभएको छ। आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा बाढीबाट भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने व्यवस्था मिलाउनुभएको हो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोका कारण घर तथा होटलहरूमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन् भने उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ। छेवाङ दोर्जेको घरसमेत अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ। बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत बन्द भएको छ। बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने सरकारी तथा निजी दुवै विद्युत् प्रणालीमा क्षति पुगेको छ। चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको जनाइएको छ। हालसम्म मानवीय क्षति भएको छैन। प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ।
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 12:02 PM
DNA परीक्षणको सन्दर्भमा हाल सम्मको विवरण
APPROVEDनेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अबस्था छ । अहिले सम्मको विवरण अनुसार Total samples received: 527 Reference sample: 412 Deceased questioned sample: 115 Total sample processed: 281 Samples on processing: 152 Total result DNA Profile obtained: 129 Laboratory capacity: reference samples 300-400 per week Questioned sample: 40-50 per week
Ministry of Science, Technology and InnovationSep 6, 2026, 10:50 AM
रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
APPROVEDरसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ। गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङमो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको अवस्थामा सडकमार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो। सरकारले गत भदौमा स्वीकृत गरेको कार्यविधिमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम भौगोलिक क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्याउन सकिने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार आमा र नवजात शिशुको जीवनरक्षाका लागि तत्काल हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको मन्त्रालयले जनाएको छ। उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित स्वास्थ्यकर्मीप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 08:35 AM1 attachments
Rasuwa Flood Update: Confirmed Death Toll Reaches 1,341; Nearly 5,000 Reported Missing
APPROVEDThe National Disaster Risk Reduction and Management Authority (NDRRMA), operating under the Ministry of Home Affairs, has issued its latest official bulletin regarding the search, rescue, and relief operations in the wake of the devastating Rasuwa flooding. As of 11:00 AM today, Bhadra 21, the confirmed death toll from the disaster has risen to 1,341, with official identification so far established for 98 of the deceased. The authority reports that the total number of missing or uncontactable individuals has reached 4,996. Based on updated records from local administration offices, the missing population includes 1,967 Nepali citizens documented by the Rasuwa District Administration Office, 2,340 Nepali citizens logged by the Nuwakot District Administration Office, 589 foreign nationals, and 100 security personnel and government employees. Search and rescue operations have successfully extracted 13,104 individuals from the disaster zones to date. On the health front, medical personnel have treated 6,075 people for flood-related injuries. To support displaced families, authorities have established 39 holding centers across Rasuwa, Nuwakot, Dhading, and Kathmandu, which are currently accommodating 3,652 flood victims as relief and rehabilitation efforts continue.
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 07:36 AM1 attachments
रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट
APPROVEDरसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ २१ गते, बिहान ११:०० बजे)
Ministry of Home AffairsSep 6, 2026, 06:15 AM1 attachments
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन
APPROVEDपृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। गएको भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ भित्र्याउन थालेको हो। निगमका अनुसार भदौ १८ गते करिब २४,५०० र भदौ १९ गते करिब ३४,१३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ। आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको छ। यसैबीच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ। उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १,२०,००० लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 04:56 AM
आकस्मिक बाढीको उच्च सम्भावना छ, सतर्कता अपनाउनु होला- विपद प्राधिकरण
APPROVEDआज (२०८३-०५-२१ गते) को सूचना आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को उच्च सम्भावना छ। National Disaster Risk Reduction & Management Authority
Office of the Prime Minister and Council of MinistersSep 6, 2026, 03:24 AM2 attachments
हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ, हजुरहरूसँग सरकार हो- प्रधानमन्त्री बालेन्द्र शाह
APPROVEDप्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राज्यले कहिल्यै एक्लो र अलपत्र नछोड्ने बताउनुभएको छ । शनिबार साँझ सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उहाँले बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर–१० बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले सरकार खोज तथा उद्धारमा अझै आशा कायम रहेको बताउनु भयो । प्रधानमन्त्री शाहले भन्नुभयो, ‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिंगाे देशलाई नै आशा दिएको छ, यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’ प्रधानमन्त्री शाहका अनुसार चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ । ‘यसअघि पनि हामीले चन्डिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं,’ प्रधानमन्त्रीले भन्नुभएको छ । बाढीका क्रममा कतिपय आमाबुबाले काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएको तथा लौरो नटेकी दुई पाइला सर्न नसक्ने अवस्थामा समेत आफ्ना सन्तान बचाउने असाधारण साहस देखाएको उहाँले बताउनु भएको छ । प्रधानमन्त्री शाहले अगाडि भन्नुभएको छ, ‘लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो, बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरू समेत भाग्नुपर्यो ।’ बाढीका कारण वृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको प्रधानमन्त्री शाह बताउनु भएको छ । अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकका लागि छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले भन्नुभएको छ, ‘हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौँ । हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।'
Office of the Prime Minister and Council of MinistersSep 5, 2026, 02:58 PM
PMOमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
APPROVEDसरकारले बाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको उद्धार, राहत, संरक्षण, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका कार्यलाई तीव्र बनाएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहको संरक्षणलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट समन्वयात्मक रूपमा प्रतिकार्य अघि बढाइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको जीवन, सुरक्षा र संरक्षणलाई केन्द्रमा राखेर राहत, सेवा पुनःस्थापना तथा सुरक्षित पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। मन्त्री बादीले गजुरी गाउँपालिका–५, गलौंदीस्थित बाढी प्रभावित क्षेत्र, पृथ्वी राजमार्ग तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो। उहाँले फुर्केखोला होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित नागरिकको अवस्था तथा उपलब्ध सेवाबारे जानकारी लिनुभयो। साथै धादिङ जोड्ने पुल तथा आसपासका प्रभावित क्षेत्र र नेपाल विद्युत प्राधिकरणको गजुरी सबस्टेशनको निरीक्षण गरी बाढीपछि विद्युत सेवा तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो। सरकारले विपद्का कारण जोखिममा परेका ज्येष्ठ नागरिकको उद्धार तथा संरक्षणलाई समेत उच्च प्राथमिकतामा राखेको छ। प्राप्त विवरणअनुसार रसुवामा ७५ जना ज्येष्ठ नागरिकको उद्धार भएको छ भने ९० जना ज्येष्ठ नागरिक बेपत्ता तथा सम्पर्कविहीन रहेका छन्। नुवाकोटमा हालसम्म २०८ जना ज्येष्ठ नागरिकको उद्धार गरिएको छ। मन्त्रालयको समन्वयमा जोखिममा रहेका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक आश्रम तथा दिवासेवा केन्द्रहरूको विवरण संकलन तथा स्रोत नक्साङ्कन गरी आवश्यकताका आधारमा उद्धार, अस्थायी आश्रय, राहत तथा सहायक सामग्री व्यवस्थापन भइरहेको छ। यस क्रममा करिब १०० वटा हिँडडुल सहायक सामग्रीसहित आवश्यक राहत तथा पुनर्स्थापना सहयोग उपलब्ध गराइएको छ। नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बाढीका कारण हराइरहेका पाँच जना ज्येष्ठ नागरिकको खोजी तथा उद्धारका लागि उत्खननको प्रयास भइरहेको छ। प्रतिष्ठानसम्म पुग्ने बाटो खोल्ने तथा सरसफाइको कामसमेत भइरहेको छ। बाढीका कारण प्रतिष्ठानको भुइँतला पूर्ण रूपमा क्षतिग्रस्त भई माटो तथा भग्नावशेषले पुरिएको र भवन आसपास दलदल तथा हिलो जमेको अवस्था रहेको मन्त्रालयले जनाएको छ। विपद् प्रभावित ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिटखालीमा विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्शसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा ज्येष्ठ नागरिक स्वास्थ्य, हाडजोर्नी, छाला, मानसिक स्वास्थ्य, मुटुरोगसम्बन्धी परामर्श, औषधि वितरण, रक्तचाप तथा रक्तमा चिनीको मात्रा परीक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराइएको छ। यसैगरी, सरकारले जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धारलाई प्राथमिकतामा राखेको छ। रसुवाको कालिका गाउँपालिका–२ की २४ वर्षीया प्रमिला पण्डितलाई जटिल प्रसूति समस्या भएपछि सडकमार्गबाट उपचार सम्भव नभएपछि हवाई उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति गृह ल्याइएको छ। सोही हेलिकप्टरमार्फत खुट्टा भाँचिएका एक किशोर तथा जटिल स्वास्थ्य समस्या भएका एक ज्येष्ठ नागरिकलाई समेत काठमाडौं ल्याइएको छ। सडक सञ्जाल अवरुद्ध भएको विशेष परिस्थितिमा जोखिममा रहेका गर्भवती, सुत्केरी महिला तथा २४ घण्टाभित्रका नवजात शिशुलाई सुगम भौगोलिक क्षेत्रबाट समेत हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्याउन सकिने गरी कार्यविधिमा व्यवस्था गरिएको छ। विपद् प्रतिकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परिचालनलाई समेत सरकारले एकद्वार प्रणालीमार्फत व्यवस्थित गरेको छ। समाज कल्याण परिषद्बाट प्राप्त विवरणअनुसार भदौ २० गते थप पाँचवटा परियोजना स्वीकृत भएसँगै भदौ १५ देखि २० गतेसम्म ४१ वटा संस्थाका ४४ वटा नयाँ परियोजना स्वीकृत भएका छन् भने दुईवटा संस्थाका परियोजना संशोधन गरिएको छ। यी परियोजनाको कुल बजेट करिब ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थातर्फ हालसम्म ३९ वटा संस्थाले करिब ३४ करोड १४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री, आश्रय, बत्ती, भान्सा सामग्री, सरसफाइ सामग्री, खानेपानी, औषधि तथा स्वास्थ्य सामग्रीलगायत राहत सहयोग उपलब्ध गराएका छन्। उक्त सहयोगबाट ७ हजार १५० घरधुरीका २७ हजार ६८१ भन्दा बढी व्यक्ति लाभान्वित भएको अनुमान गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब ३ करोड ९६ लाख ७० हजार रुपैयाँ नगद सहयोग गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थातर्फ हालसम्म १८ वटा संस्थाले करिब १२ करोड ६३ लाख रुपैयाँ बराबरको सहयोग परिचालन गरेका छन्। उक्त सहयोगबाट २ हजार ९०५ घरधुरीका १२ हजार २३० भन्दा बढी व्यक्ति लाभान्वित भएको अनुमान गरिएको छ। राष्ट्रिय गैरसरकारी संस्थाहरूले प्रधानमन्त्री राहत कोषमा हालसम्म ५५ लाख १५ हजार रुपैयाँभन्दा बढी नगद सहयोगसमेत जम्मा गरेका छन्। सरकारले गैरसरकारी क्षेत्रबाट प्राप्त राहत तथा सहयोगलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा स्वास्थ्य निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालन गरिरहेको छ। मन्त्री सिता बादीले विपद् प्रतिकार्यलाई तत्कालीन उद्धार र राहतमा मात्र सीमित नराखी प्रभावित नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका समूहको विशेष संरक्षण सुनिश्चित गर्दै राहतपछि सुरक्षित आवास, आधारभूत सेवा, जीविकोपार्जन र दीर्घकालीन पुनर्स्थापनासँग जोडेर सरकारको प्रतिकार्यलाई अघि बढाइने स्पष्ट पार्नुभएको छ।
Ministry of Women, Children, Gender and Sexual Minorities and Social SecuritySep 5, 2026, 02:26 PM2 attachments
धादिङमा मन्त्री सिता बादीको स्थलगत अनुगमन : प्रभावितको सुरक्षा र सुरक्षित पुनर्स्थापनालाई उच्च प्राथमिकता
APPROVEDमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद्बाट प्रभावित नागरिकको जीवन, सुरक्षा र संरक्षणलाई केन्द्रमा राखेर राहत, सेवा पुनःस्थापना तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। मन्त्री बादीले गजुरी गाउँपालिका–५, गलौंदीस्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढीको प्रभाव, नागरिकको अवस्था तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिनुभयो। उहाँले पृथ्वी राजमार्ग तथा आसपासका प्रभावित क्षेत्रको समेत अवलोकन गरी बाढीका कारण नागरिकको आवागमन, दैनिक जीवन तथा सार्वजनिक पूर्वाधारमा परेको प्रभावबारे जानकारी लिनुभयो। स्थलगत अनुगमनका क्रममा मन्त्री बादीले फुर्केखोला होल्डिङ सेन्टरको निरीक्षण गरी त्यहाँ आश्रय लिइरहेका प्रभावित नागरिकको अवस्था तथा उपलब्ध सेवा सुविधाबारे जानकारी लिनुभयो। उहाँले विपद्को समयमा सुरक्षित आश्रयस्थलमा रहेका नागरिकको स्वास्थ्य, खाद्यान्न, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत आवश्यकताको सुनिश्चितता राज्यको प्राथमिक जिम्मेवारी भएको बताउनुभयो। मन्त्री बादीले बाढी तथा विपद्को प्रभाव सबै नागरिकमा समान नपर्ने भएकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अन्य जोखिममा रहेका व्यक्तिको संरक्षणलाई राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अस्थायी आश्रयस्थल तथा प्रभावित क्षेत्रमा सुरक्षा जोखिम पहिचान गरी आवश्यकताअनुसार छुट्टै सुरक्षित व्यवस्था र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गर्नुभयो। विशेषगरी विपद्का कारण अभिभावकबाट छुट्टिएका वा जोखिममा परेका बालबालिकाको तत्काल पहिचान, सुरक्षित संरक्षण र पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री बादीले बताउनुभयो। बालबालिकालाई असुरक्षित वातावरणमा राख्न नहुने उल्लेख गर्दै उहाँले उनीहरूको संरक्षण आवश्यकता मूल्याङ्कन गरी सुरक्षित र बालमैत्री व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। यसै क्रममा मन्त्री बादीले धादिङ जोड्ने पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै यातायात तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा र नागरिकको आवागमन सहज बनाउन जोखिमयुक्त संरचनाको तत्काल व्यवस्थापन तथा क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःस्थापनामा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। मन्त्री बादीले नेपाल विद्युत प्राधिकरण, गजुरी सबस्टेशनको समेत स्थलगत निरीक्षण गरी बाढीपछि विद्युत सेवा तथा विद्युत पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले प्रभावित क्षेत्रमा विद्युत सेवा पुनःस्थापना गर्दा नागरिकको सुरक्षा, जोखिमयुक्त संरचनाको व्यवस्थापन तथा सुरक्षित सेवा प्रवाहलाई प्राथमिकतामा राख्न सम्बन्धित अधिकारीसँग आग्रह गर्नुभयो। मन्त्री बादीले विपद् प्रतिकार्यलाई केवल तत्कालीन राहत र उद्धारमा सीमित नराखी प्रभावित नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार अहिलेको प्राथमिकता नागरिकको जीवन र सुरक्षाको रक्षा गर्नु हो भने त्यसपछि क्षतिग्रस्त पूर्वाधार, आवास तथा आधारभूत सेवाको पुनःस्थापना गर्दै प्रभावित परिवारलाई दीर्घकालीन र सुरक्षित पुनर्स्थापनासँग जोड्नु हो। उहाँले प्रभावित नागरिकलाई सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसरसँग जोडेर सम्मानजनक जीवनतर्फ फर्काउने गरी पुनर्स्थापनाको योजना अघि बढाइने बताउनुभयो। विपद्पछि कोही पनि नागरिक संरक्षण र आधारभूत सेवाबाट वञ्चित नहुने गरी संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइने उहाँले स्पष्ट पार्नुभयो।
Ministry of Women, Children, Gender and Sexual Minorities and Social SecuritySep 5, 2026, 02:10 PM5 attachments
ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट मिति २०८३।०५।२० मा भएको गतिविधि सम्वन्धि जानकारी
APPROVEDमिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजना, विद्युत संरचना तथा प्रभावित समुदायको उद्धार, राहत, समन्वय र विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। उक्त कार्यका लागि मिति २०८३।०५।२० गते भएका प्रमुख गतिविधि सम्वन्धि प्रेस लेटर यसैसाथ संलग्न रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
Ministry of Energy, Water Resources and IrrigationSep 5, 2026, 01:32 PM1 attachments
रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट
APPROVEDरसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ २० गते, साँझ ६:०० बजे)
Ministry of Home AffairsSep 5, 2026, 12:42 PM1 attachments
Source: nepal.gov.np — updates & notices feed
Nepal Atlas