APPROVEDOffice of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:06 PM
भोटेकोशी बाढी: १,३५६ शव फेला, ४,९९४ जना अझै बेपत्ता
Moti KhanalSep 7, 2026, 02:06 PM
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेमध्ये हालसम्म १,३५६ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार देशका विभिन्न जिल्लाबाट उक्त संख्यामा शवहरू बरामद गरिएका हुन्।
प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्त तथा परिवारलाई बुझाइएको छ। बाँकी शवहरूको सनाखत गर्ने कार्य जारी छ।
जिल्लागत रूपमा फेला परेका शवको विवरण:
चितवन: ३६३
नवलपरासी (पूर्व): २२३
नवलपरासी (पश्चिम): २२१
नुवाकोट: १९७
रसुवा: १६९
गोरखा: ७५
धादिङ: ७०
तनहुँ: ३८
करिब पाँच हजार अझै बेपत्ता
बाढी आएपछि अझै पनि करिब ४,९९४ जना सर्वसाधारण सम्पर्कविहीन रहेका छन्। बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।
उद्धार तथा उपचारको अवस्था
विपद्पश्चात् हालसम्म १३,३९६ जनाको सकुशल उद्धार गरिएको छ भने कुल ६,६७६ जना घाइतेको उपचार भइसकेको छ। अहिले विभिन्न १० वटा अस्पतालमा ३२७ जना घाइतेहरू उपचाररत छन्।
यसैगरी, प्रभावितहरूका लागि सञ्चालनमा ल्याइएका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३,५३३ जनाले आश्रय लिइरहेका छन्। जसमध्ये नुवाकोटमा २,६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरण कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २१,४०२ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्। क्षेत्रमा उद्धार कार्य निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
Nepal Atlas