Nepal AtlasNepal Atlas
Back to updates
APPROVEDMinistry of Home AffairsSep 7, 2026, 11:52 AM

सामाजिक सञ्जाल नियमनको लागि समिति गठन गरिएको

Santosh Kumar KCSep 7, 2026, 11:52 AM
बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न एवम् त्यस्ता प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्ने तथा सो कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी कानुनी कारबाही गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।