Nepal AtlasNepal Atlas
Back to updates
APPROVEDOffice of the Prime Minister and Council of MinistersSep 7, 2026, 07:37 AM

श्रद्धाञ्जली अर्पण तथा शोक मनाउने सम्बन्धि सूचना

Moti KhanalSep 7, 2026, 07:37 AM
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३।०५।१८ गतेको बैठकबाट संवत् २०८३ साल भदौ १० गते नेपाल-चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप उक्त घटना भएको तेह्रौ दिनको पुण्यतिथिका दिन मिति २०८३ भदौ २२ गते राष्‍ट्रिय शोक मनाउने समेतको निर्णय भए अनुसार नेपाल विद्युत प्राधिकरणका सम्पूर्ण कार्यालयहरुमा आज मिति २०८३ भदौ २२ गते सोमबार अपरान्ह ५:१० बजे मृतकहरु प्रति श्रद्धाञ्‍जली अर्पण गर्दै मौन धारण, दीप प्रज्वलन तथा मृत आत्माको चीर शान्तिको कामना गर्ने निर्णय भएको हुँदा सबै कार्यालयहरुले सो अनुसार गर्नु गराउनु हुन र सबै कर्मचारीहरु सहभागी भईदिन हुन समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति: २०८३।०५।२२