APPROVEDOffice of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:13 AM
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि आंशिक बन्दः यस्तो छ सवारी खुल्ने समयतालिका
Moti KhanalSep 7, 2026, 02:13 AM
तुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकखण्ड आज (सोमबार) बिहानदेखि आंशिक रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले आइतबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा सवारी आवागमनको नयाँ समयतालिका सार्वजनिक गरेको हो। प्रशासनका अनुसार, पहिरो नियन्त्रणको कामलाई तीव्रता दिन बाँकी समय सडक बन्द गरी निश्चित समयमा मात्र गाडी चल्न दिइनेछ।
सवारीसाधन सञ्चालन हुने समयतालिका:
बिहान ८:०० देखि ८:३० बजेसम्म
बिहान १०:३० देखि ११:०० बजेसम्म
दिउँसो १:०० देखि १:३० बजेसम्म
दिउँसो ३:५० देखि ४:०० बजेसम्म
साँझ ६:०० बजेपछि निरन्तर
यी तोकिएका समयबाहेक अन्य समयमा उक्त स्थानमा सवारीसाधन पूर्ण रूपमा रोकेर मर्मत कार्य गरिने प्रशासनले प्रष्ट पारेको छ।
धादिङस्थित कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन पूर्ण रूपमा सञ्चालन नहुञ्जेलसम्म यो समयतालिका निरन्तर लागू हुने जारी सूचनामा उल्लेख छ। सडकमा हुने सम्भावित जाम र सास्तीबाट बच्न यात्रु तथा चालकलाई तोकिएको खुल्ने समयलाई ध्यानमा राखेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
1 attachments
- image-17-768x1086.pngimage/png · 609KB
Nepal Atlas