APPROVEDMinistry of Women, Children, Gender and Sexual Minorities and Social SecuritySep 7, 2026, 01:22 PM
बाढी प्रभावितको संरक्षणमा विशेष पहल : आश्रयविहीन महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित अस्थायी बसोबास
NirajSep 7, 2026, 01:22 PM
भदौ १० गते रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा आश्रयविहीन नागरिकका लागि सुरक्षित अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विशेष पहल अघि बढाएको छ।
बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता र संवेदनशीलताअनुसार छुट्टाछुट्टै स्थानमा अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गरिएको छ।
ज्येष्ठ नागरिकका लागि
समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति, काठमाडौं
📞 ९८४१४६०८४६, ९८४९६०७१०२
महिलाका लागि
समाज कल्याण परिषद्को भवन, बुढानीलकण्ठ, काठमाडौं
📞 ९८४१६१४५८६
बालबालिकाका लागि
गोदावरी–२, ठेचो, ललितपुर
📞 ९८४३०२१४७१, ९८४१३८६८७१
अपाङ्गता भएका व्यक्तिका लागि
📞 ९८६००९७८९९
मन्त्रालयले बाढीका कारण आश्रयविहीन तथा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक संरक्षण उपलब्ध गराउने र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।
सम्बन्धित संघ–संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी प्रभावित नागरिकको सुरक्षा, संरक्षण र सुरक्षित अस्थायी बसोबास सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
1 attachments
- Temporary Shelter MWCGSMSS.jpegimage/jpeg · 83KB
Nepal Atlas