Nepal AtlasNepal Atlas
Back to updates
APPROVEDOffice of the Prime Minister and Council of MinistersSep 7, 2026, 02:13 PM

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बिमा सेवा सहजीकरण गर्ने स्वास्थ्य बिमा बोर्डको निर्णय

Moti KhanalSep 7, 2026, 02:13 PM
स्वास्थ्य बिमा बोर्डले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण अति प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष व्यवस्था लागू गरेको छ। बाढीबाट प्रभावित ती जिल्लाहरूमा स्वास्थ्य बिमा अन्तर्गत प्रदान गरिने सेवाहरूमा तोकिएको समयावधिसम्मका लागि सहभुक्तानी र क्यापिङ पूरै हटाउने निर्णय गरेको हो । सहभुक्तानी र क्यापिङ हटाइयो: तोकिएको समयसम्म बीमा मार्फत उपचार गराउँदा बिरामीले तिर्नुपर्ने सहभुक्तानी (को–पेमेन्ट) रकम लाग्ने छैन। साथै, निश्चित सेवा वा उपचारका लागि बोर्डले तोकेको अधिकतम रकमको सीमा (क्यापिङ) समेत पूर्ण रूपमा हटाइएको छ। बिमा परिचयपत्र अनिवार्य नहुने: विपद्का कारण बिमा परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा पनि सेवाबाट वञ्चित हुनुपर्ने छैन। सूचीकृत स्वास्थ्य संस्थाले उपलब्ध गराइएको डिजिटल प्रणालीमार्फत बिमा नम्बर यकिन गरी सेवा प्रदान गर्नेछन्। सेवा प्रवाहमा प्राथमिकता: प्रभावित क्षेत्रका सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई बिमित नागरिकलाई बिना कुनै झन्झट द्रुत गतिमा उपचार सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ। प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढी प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचबाट टाढा हुन नदिन र आर्थिक भार कम गर्न यो निर्णय गरिएको हो। यस व्यवस्थाले रसुवा, नुवाकोट र धादिङका बाढी पीडित नागरिकलाई राहत पुग्ने विश्वास छ।